शहिद आदर्श क्याम्पस रामपुरमा अध्ययन गर्ने बि.एड तेश्रो बर्षका स्वास्थ्य तथा शारीरिक शिक्षा मूल बिषय अध्ययन गर्ने छात्र -छात्राहरु द्वारा Basic research &project meet in physical education (Hp ed 434)बिषयको प्रयोगात्मक परिक्षा अन्तर्गत बरुणे श्वर मा.बि. रामपुरको आधारभुत तहमा अध्ययन गर्ने छात्र-छात्राहरु बिच १०० मि.दौड र सटपुट प्रतियोगिता आयोजना भयाे।
आदर्श क्याम्पसका शिक्षक कर्मचारी,तथा बिद्यार्थी सहभागी भएको कार्यक्रमको अध्यक्षता छैटौ प्रोजेक्ट मीट समुहको अध्यक्ष हिरामाया मगर र संचालन सैलेश पराजुली बाट र बिजयी छात्रा/छात्र हरुलाई पुरुस्कार र प्रमाण पत्र बरुणेश्वर मा.बि.को प्र.अ. कुल प्रसाद खतिवडा र कार्यक्रमको अध्यक्ष हिरामाया मगर बाट भयो।
यस कार्यक्रमको बाह्य मुल्याकन प.नि.का. बाट नियुक्त बाह्य परीक्षक बाट केहि समय पछी हुनेछ ।